२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नेप्से ४३ अंकले बढ्यो


572
Shares

काठमाडौं । दशैं बिदा पछिको दोस्रो दिनको कारोबारमा पनि शेयर बजारमा उल्लेख्य सुधार जारी रह्यो ।

नेप्सेले करिह हाफ सेन्चुरी मार्दा कारोबार पनि सुधारिएर साढें ५ अर्बमाथि पुग्यो । नेप्से ४३ अंकले बढेर २७ सय ४२ पुग्यो । सबै समूहमा हरियाली छाउँदा व्यापार समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशतको वुद्धि आयो । जलविद्युत समूह २ प्रतिशत बढीले उकालो लाग्यो । वाणिज्य बैंक र विकास बैंक समूहमा करिब २ प्रतिशतको सुधार आउँदा बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीले सकारात्मक रहे ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २० कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ६६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार २ सय ६ स्टकको मूल्य बढ्दा ३५ को घट्यो । विजय लघुवित्त र ईष्टर्न हाइड्रोका लगानीकर्ताले करिब १० प्रतिशत कमाउँदा अपर स्याङ्गे हाइड्रोका लगानीकर्ताले १० प्रतिशत गुमाए ।