
सर्लाही । अन्नको भण्डार मानिने तराईका जिल्लामा दुई दिनदेखि भएको बेमौसमी अविरल वर्षाले खेतमा धान डुबाएको छ ।
सर्लाहीलगायत तराईका जिल्लाका किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्काउन पाएनन् । दशैं सकिएलगत्तै धान भित्र्याउन खेत पस्नुपर्ने किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् ।
गएरातीदेखि परेको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।
वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ ।
प्रतिक्रिया दिनुहोस्