२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति


1.131k
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलाशले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तर म्याद थप भने गत शुक्रबारदेखि लागू हुने जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

सहकारी ठगीको आरोपमा गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई कास्की प्रहरीले आज अदालतमा पेश गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि म्याद थप भएसँगै प्रहरीले लामिछानेको बयान लिने र अनुसन्धान गर्ने बाटो खुलेको छ ।