३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


बाँझो जमिनमा व्यवसायिक फूलखेती गर्दै तेह्रथुमका युवा


0
Shares

प्रकाश पाक्साँवा

तेह्रथुम । रोजगारीको सिलसिलामा युवाहरु विभिन्न मुलुकमा पुग्ने गरेका छन् । जसले गर्दा गाउँका खेतीयोग्य जमिन बाँझो भएका छन् । गाउँमा रोजगार र व्यवसायिक बन्न नसक्दा वर्षेनी गाउँ छाड्ने युवाहरुको संख्या बढ्दै गएको छ । तर तेह्रथुमको छथर गाउँपालिकाका युवाहरु भने बाँझो जमिनलाई हराभरा बनाएर व्यवसायिक फुलखेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिका १ आङदिमका युवाहरुले बाँझो जमिनमा व्यवसायिक फुलखेती गरेका छन् । उनीहरुले गाउँमा बाँझो रहेको जमिनलाई भाडामा लिएर फुलखेती गरेका हुन । ४ वर्षसम्म बाँझो बनेको जमिन यतिबेला फुलले ढकमक्क भएको छ । तिहार नजिकिँदै गर्दा उनीहरुले लगाएकोे फुल फुलेको छ । यसै वर्षदेखि खेती शुरु गरेका युवाहरुले फुल बिक्रीबाट मात्रै ८ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको यहाँका युद्ध लक्ष्मण भट्टराईले बताउनुभयो ।

सयपत्री जातको फुल १० रोपनी क्षेत्रफलमा गरिएको फुलखेती गाउँकै ठुलो खेती बन्न पुगेको छ । पशुलापनसँगै तरकारी खेती गर्दै आएका युवाहरुले फुलखेती रोजेका हुन । गाउँ गाउँमा सडक सञ्जाल पुगिसकेका र युवाहरुले पनि रोजगार पाउन भन्ने उदेश्यका साथ खेती गरेको बिनोद भट्टराईले बताउनुभयो ।

खाली र बाँझो भएर जंगल बनेका खेतीयोग्य जमिनलाई प्रयोग गर्न सके राम्रो आम्दानी लिन सकिने भएकोले ्यी युवाहरु उदाहरण बनेका छन् । युवाहरुले गरेको फुलखेतीको प्रवद्र्धन तथा प्रोत्साहन गर्नुका साथै बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्न आवश्यक देखिन्छ । यसका साथै गाउँमानै कृषिलाई आम्दानीको राम्रो स्रोतको माध्यम बनाउन सके युवा विदेश पलायन हुने क्रम रोकिने थियो कि ?