
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे) अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेस गर्ने बताउनुभएको छ ।
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेस गर्ने प्रक्रियामा अघि बढाइएको महान्यायाधिवक्ता बडालको भनाई थियो ।
बुधबार बिगो निर्धारण सम्बन्धि कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धि मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरुले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विगो निर्धारण गर्दा निर्माण कम्पनीहरुको कारोबार रकम कटौति गरेर मात्रै निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले निर्माण कम्पनीहरुले कारोबार गरेको रकम समेत जोडेर विगो तिर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी सो सम्बन्धि कार्यविधि बनाउनुपर्ने आवश्यकताा औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै अपराध अनुसन्धानका क्षेत्रमा कार्यरत निकायका प्रतिनिधिहरुले विगो निर्धारणको कामलाई समसामयिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्