८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छ : प्रधानमन्त्री ओली


182
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी छुट्टै मन्त्रालय नभएर जलवायुजन्य क्षेत्रमा काम हुन नसकेको भन्ने नभइ मन्त्रालय नहुँदा पनि सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले कोप २९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले जलवायुजन्य अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजहरुमा नेतृत्व गर्ने गरेको बताउनुभयो । उहाँले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भुगोल भएको बताउनुभयो । उहाँले जलवायु वित्त, जलवायुन्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताउनुभयो । जलवायु परिवर्तनकोअसर न्युनिकरणका लागि वृक्षारोपणको अभियान शुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । जलवायु परिवर्तनका कारण महिला, बालबालिकार ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको बताउनुभयो ।