
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८ औं साधारण सभामा बोल्दै अध्यक्ष मगरले यस्तो बताउनुभएको हो ।
अध्यक्ष मगरले पछिल्लो समय जलवायु परिवर्तनको कारण स्वच्छ वातावरण बिग्रँदै गएको बताउनुभयो । उहाँले स्वस्छ वातारण बिग्रँदै जाँदा मानिसहरुको स्वास्थ्यमा समेत विभिन्न किसिमका रोकहरु लाग्ने गरेको बताउनुभयो ।
अध्यक्ष मगरले स्वास्थ्यको अधिकारलाई मुलुकको संविधानले सुनिश्चित गरेको भन्दै सबै मानिसहरुको स्वास्थ्यमा पहुँच पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानले स्वच्छ वातावरणको हकको व्यवस्था गरेको भन्दै स्वच्छ वातावरण नभए मानिसको जीवन स्वच्छ हुन नसक्ने बताउनुभयो । उहाँले स्वच्छ जीवनका लागि स्वच्छ वातावरणको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष मगरले समयमै स्वास्थ्यमा ध्यान दिनसके मधुमेह रोग मानिसले नियन्त्रणमा राख्नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्