१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


साफ महिला च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा


2.704k
Shares

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा भुटानलाई एकका विरुद्ध सात गोल गर्दै बंगलादेशले फाइनल यात्रा पक्का गरेको हो ।

च्याम्पियनसिपको साविक विजेता बंगलादेशलाई फाइलनमा पु¥याउने क्रममा तोहुरा खातुनले ह्याट्रिक गरिन् । खेलको पहिलो हाफमा तोहुरा खातुन र कप्तान सबिना खानुतले दुई–दुई गोल गर्दा रितु पोर्ना चक्माले एक गोल गरेकी थिइन् । तोहुराले दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

पहिलो हाफमा बंगलादेशले पाँच गोल गर्दा एक गोल मात्रै फर्काएको भुटानले दोस्रो हाफमा गोल थप्न सकेन । सेमिफाइनलको अन्तिम खेल आजै साँझ साढे ५ बजे नेपाल र भारतबीच दशरथ रंगशालामै हुदैछ ।