
काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्साल र सर्वोच्च अदालतका लागि पस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेल्जियमका लागि प्रश्तावित राजदुत लम्साल र सर्वोच्च अदालतका पस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाई आगामी बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो ।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाई गरी उहाँहरुको सुनुवाईको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रश्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयो ।
बेल्जियमका लागि प्रश्तावित राजदुत लम्साल परराष्ट्र सचिव हुनुहुन्छ । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्