२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा वृद्धि


260
Shares

काठमाडौं । यमपञ्चकको पहिलो दिन अर्थात धनतेरसका दिन शेयर बजारमा चमक देखिएको छ ।

मंगलबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

बजार खुलेदेखि नै बढ्न सुरु गरेको परिसूचक नेप्से ४६ दशमलव ६९ अंकले बढेर २६९२ पुगेको हो ।

मंगलबार विभिन्न कम्पनीको एक करोड ३३ लाख ७३ हजार कित्ता शेयर ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहमा आज हरियाली छाउँदा निर्जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले बढेको छ भने होटल उपसमूह २ दशमलव ७७ प्रतिशतले बढेको छ ।

मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत र समाज लघुवित्तको ९ दशमलव १८ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १ दशमलव ८८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य १ दशमलव ५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा समृद्धि फाइनान्सको सर्वाधिक २४ करोड ७१ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।