८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मलाई जनताले माया गर्न थाले : अध्यक्ष दाहाल


1.17k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले सामाजिक न्यायको पक्षमा, आर्थिक समस्या समाधानको लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरुले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा आफूलाई सत्ताच्युत गरेको बताउनुभयो. । उहाँले आफूले गरेका कामहरु राम्रोसँग जनतालाई बुझाउने अवसरका रुपमा आफूले लिएको बताउनुभयो । आफूलाई जनताले अहिले धेरै नै माया गरेको महशुस हुने गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले फेरि माओवादीको नेतृत्वमा एक पटक सरकार बनेको हेर्न जनताले चाहेको बताउनुभयो ।