११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त


117
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्भाव सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनेर कामना गर्नुभएको छ ।

विशेषगरी तराई-मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकाका साथै लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुशीको विषय भएको पनि राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।