
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भैरहवाको बयान सकिएको छ ।
गत मंगलबार पोखराबाट भैरहवा लगिएका लामिछानेको बिहीबार तेस्रो दिन बयान सकिएको हो ।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारीबाट रकम हिनामिना भएको तथा गोर्खा मिडियामा सहकारीको रकम गएको विषयमा ७० वटा प्रश्नको लिखित बयान लिइएको हो ।
बयानमा लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता ठाडै अस्वीकार गरेको बुझिएको छ । सुप्रिम सहकारीको रकम हिनामिनाको विषयमा लामिछानेले सहकारीका अध्यक्ष जीबी राइ र संचालक सागर केसीलाई सोध्न भनेको अनुसन्धानमा सहभागी अधिकारीहरुले बताएका छन् ।
लामिछानेलाई आजै पोखरा फकाईने भएको छ । पोखराको सूर्यदर्शन सहकारी गठीको आरोपमा यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पोखरामा राखेर अनुसन्धान गरिंदै छ ।
प्रतिक्रिया दिनुहोस्