
एजेन्सी । चीनको एक कलेजमा एक युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् ।
२१ वर्षीय युवकले कलेजका विद्यार्थीहरुमाथि जथाभावी चक्कु प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएको छ । ती युवकले उक्त कलेजमा हालै सम्पन्न परीक्षाको नतिजा खराब आएपछि कलेजले उनलाई डिप्लोमा दिन अस्वीकार गर्दा आक्रोशमा आएर उनले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहारका क्रममा उनी कलेजका विद्यार्थीहरुको माझ पुगेर प्रहार गर्दा विद्यार्थीहरुबीच कोलाहल मच्चिएको थियो । ती युवक उक्त कलेजका अध्धयनशील विद्यार्थीको रुपमा रहेको पनि खुलासा भएको छ । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर छ । घटनापछि उक्त कलेज एक साताका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्