६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


481
Shares

काठमाडौं । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ छ ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिकातर्फ गइरहेको जीप दैजी–जोगबुढा सडकखण्डको लिप्नामा दुर्घटना भएको हो । जीप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।