१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वराजा शाह आज लुम्बिनी जाँदै


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै हुनुहुन्छ । पूर्वराजा शाह थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजामा सहभागी हुन लुम्बिनी जान लाग्नु भएको हो ।

उक्त विहारमा अहिले विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ ।

मङ्सिर ४ गतेबाट पूजा शुरु भएको उक्त विहारको उद्घाटन आज संघीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारल्केल लामा र विहार प्रमुख छोक्याइ निमा रिम्पुन्छेले गर्ने जनाइएको छ ।

उद्घाटन भएपछि पूर्व राजा शाह पुर्पुरा पूजामा सहभागी हुन लुम्बिनी पुग्नु हुनेछ । उक्त पूजामा १२ देशका ६ सयभन्दा बढी बुद्धमार्गीहरु सहभागी छन् ।