२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा एमालेको नागरिक जागरण सभा


0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर जागरण सभा गर्न लागेको हो ।

दरबारमार्गमा आयोजना गरिने साधारण सभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।

भद्रकालीबाट जुलुस निकालेर, न्युरोड, वीर अस्पताल, रत्नपार्क, त्रिचन्द्र क्याम्पस हुँदै दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजेबोट जुलुस शुरु हुनेछ ।

एमालेले विधिको शासनमा र कानुनी राज्यको मान्यतामा विश्वास गर्छ भन्ने सन्देश दिनका लागि जागरण सभा गर्न लागेको एमाले नेताहरूको दाबी छ ।