१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चितवनमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु


1.482k
Shares

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको चामल बोकेको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक पल्टिएर च्यापिएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का श्याम बजगाईं र सोही ठाउँका दीपक दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।