
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत पाए भने एमालेका लक्ष्मीरत्न तुलाधरले एक हजार २१८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरि एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत ल्याएको जनाइएको छ ।
यसअघिका स्थानीय तह निर्वाचनमा सहभागी नभएको रास्वपाले स्थानीय तहमा यो पहिलो पटक जीत हात पारेको हो ।
प्रतिक्रिया दिनुहोस्