२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


0
Shares

काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । स्थानीय वायु सक्रीय हुँदा भने आंशिक बदलीदेखि हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।