
काठमाडौं । शेयर बजारले सोमबार पनि गिरावटलाई निरन्तरता दिएको छ ।
दिनभरको उतार चढावका बीच नेप्से परिसूचक १२ दशमलव ८४ अंक घटेर २६७६ को विन्दुमा झरेको छ ।
बजार घट्न थालेपछि दैनिक कारोबार रकम पनि घटिरहेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
सोमबार दिनभरमा ३१७ वटा स्टकको एक करोड १५ लाख २३ हजार कित्ता शेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सोमबार इमर्जिङ्ग नेपालको शेयर मूल्य सर्वाधिक ८ दशमलव ७६ प्रतिशत बढेको छ । तर स्वाभिमान लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३५ करोड २७ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्