२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


2.821k
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । जसले गर्दा काठमाडौं उपत्यकासहित पूर्वी पहाडी क्षेत्र, सुदूर पश्चिम तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चिसो बढेको छ ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुवै घटेसँगै चिसो बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै न्यूनतम तापक्रम पनि ५ डिग्री सेल्सियस हाराहारीमा आएको महाशाखाले जनाएको छ ।