२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा उच्च अंकको गिरावट


1.17k
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार उच्च अंकले घटेको छ ।

बुधबार ४६ अंकले बढेको बजार बिहीबार ३३ दशमलब ४२ अंकले घट्दै नेप्से २६ सय ८२ विन्दुमा झरेको छ ।

बजार घटेपनि बिहीबार कारोबार रकम भने बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये बिहीबार उत्पादन र म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूह ओरालो लागेका छन् । वित्त उपसमूह सर्वाधिक २ दशमलव ६४ प्रतिशले घटेको छ ।

बिहीबार ३०४ वटा स्टकको एक करोड २३ लाख ७१ हजार कित्ता शेयर ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरका खरिद बिक्री भएको छ । घटेको बजारमा पनि त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८ दशमलव ५५ प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

बिहीबार ४० वटा कम्पनीको शेयर मूल्य बढ्दा २ सय ४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा बिहीबार जानकी फाइनान्सको सर्वाधिक २६ करोड १२ लाख १४ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।