२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल पत्रकार महासंघको यस्तो छ नयाँ टीम


767
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न भएको निर्वाचनमा महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी हुनुभएको छ । यस्तै महिला उपाध्यक्षमा नितु पण्डितले ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्दले ४ हजार २९२ मत पाएर विजयी हुनुभएको छ ।

यसैगरी महासचिव पदमा रामप्रसाद दाहाल (४ हजार २९२ मत), खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा वैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

यस्तै कोशी प्रदेश सदस्यमा कमल रिमाल, शंकर खरेल, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेश सदस्यमा नवराज पथिक, नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्र प्रसाद उपाध्याय विजयी भएका छन् ।

यस्तै सुदूरपश्चिमबाट योगेन्द्र बहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र अ‍ोली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यबाट छविलाल तिवारी र भुपेन्द्र आचार्य, मुकेन्द प्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना निर्वाृचित भएका छन् । यस्तै महिला मधेशी सदस्यमा रुवि रौनियार निर्वाचित हुनु भएको छ ।