७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दुई संसदीय समितिको बैठक बस्दै


13
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुनेछ ।