
काठमाडौं । शेयर बजारमा बुधबार झिनो अंकको गिरावट आएको छ ।
दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ५ दशमलव ६ अंक घटेको हो ।
कारोबार रकम पनि बुधबार थप खुम्चिएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये वित्त, लघुवित्त र ब्यापार उपसमूह बाहेकका दश वटा उपसमूह ओरालो लागेका छन् ।
घटको बजारमा पनि सपोर्ट लघुवित्त र उपकार लघुवित्तकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कुथेली बखरी साना जलविद्युत कम्पनीको शेयर मूल्य भने सर्वाधिक ९ दशमलव ९ प्रतिशतले घटेको छ ।
बुधबार ३१४ स्टकको ८१ लाख ४७ हजार कित्ता शेयर ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा बुधबार जानकी फाइनान्सको सर्वाधिक १५ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्