
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताउनुभयो ।
महामन्त्री थापाले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाउनुभयो ।
महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताउनुभयो । उहाँले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्