
काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
१४ अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २६ सय २६ विन्दुमा पुगेको छ ।
सोमबारको तुलनामा कारोबार रकममा पनि सुधारिएर पाँच अर्ब माथि पुगेको छ । उत्पादन र व्यापार समूह बाहेक सबै उपसूचक हरियो बनेको बजारमा विकास बैक र वित्त समूहमा १ प्रतिशत माथिको वृद्धि आयो । अरु समूह पनि सामान्य अंकले बढेका छन् ।
मंगलबार १ सय ६७ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको घटेको छ । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । तर सपोर्ट माइक्रो फाइनान्सको शेयर मूल्यमा भने मंगलबार नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा जानकी फाइनान्सको सर्वाधिक २० करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । मंगलबार ३ सय १२ कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब २० करोड बढीमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्