
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको र शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा भइ चिसो बढ्नेछ । आइतबारबाट भने क्रमिक रूपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्