२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जाजरकोटमा भूकम्पको धक्का


2.73k
Shares

काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ ।

बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जाजरकोटको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि गतवर्षको कात्तिकमा जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा धेरै जनधनको क्षति भएको थियो ।