२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन


0
Shares

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो ।

डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो । उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो । उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो ।