
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्