२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


637
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर साधरणदेखि पूर्णतया बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात हुनुका साथै पश्चिम नेपालका केही भू-भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज रातिदेखि मौसममा सुधार हुँदै जानेछ । मधेश प्रदेश बाहेकका अन्य ६ प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।