२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बैतडीमा भूकम्पको धक्का


2.275k
Shares

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका ७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७.५४ बजे ४.६ म्याग्निच्युडको भुकम्प गएको हो ।

भूकम्पको धक्का बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ । भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।