
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले तराईका अधिकांश स्थानमा हुस्सु लाग्नुका साथै पहाडी भू–भागहरुमा पनि कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
बिहान तराई तथा काठमाडौँ उपत्यका लगायतका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्