२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अमेरिकी आरोपको चीनबाट खण्डन


0
Shares

एजेन्सी । चीनले अमेरिकाको अर्थ मन्त्रालयमा भएको साइबर आक्रमणमा आफ्नो हात नरहेको प्रष्ट पारेको छ । अमेरिकी अर्थ मन्त्रालयले उक्त घटनामा चिनियाँ राज्य सञ्चालित ह्याकरको हात रहेको आरोप लगाएपनि बेइजिङले यसको प्रतिवाद गरेको हो ।

यस विषयमा अमेरिकाको अर्थ मन्त्रालय वा ट्रेजरी विभागले सांसदहरूलाई पत्राचार गरेको थियो । ह्याकरहरूले आफ्नो प्रणालीको केही भाग र गैरवर्गीकृत कागजातमा पहुँच पु¥याएको अमेरिकी आरोप छ । अमेरिकी सिनेटको बैंकिङ समितिलाई लेखेको पत्रमा ट्रेजरीले घटनामा चीनको राज्य प्रायोजित एडभान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी)को हात हुनसक्ने देखिएको भनेको थियो ।

मंगलबार चीनको परराष्ट्र मन्त्रालयले सबै प्रकारका ह्याकर आक्रमणको सधैँ विरोध गरेको स्मरण गराउँदै चीनविरुद्ध राजनीतिक उद्देश्यले गलत सूचना फैलाउने प्रयास भएको बताएको छ ।