२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बझाङमा अर्को पनि जीप दुर्घटना, एक जनाको मृत्यु


130
Shares

accident

काठमाडौं । बझाङमा अर्को पनि जीप दुर्घटना भएको छ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जीपमा चालक थापा मात्र थिए ।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट झण्डै एक सय मिटर तल खसेको थियो ।

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको जीप पनि धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।