२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


585
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । उपत्यकालगायत पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराईका साथै उपत्यकामा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।