
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ । रास्वपा केन्द्रीय समितिको आज बसेको बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य रहेका छन् । कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाउने रास्वपाका कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो ।
संविधान संशोधन सुझावका लागि प्रदेशहरुमा गरिने छलफलकको संयोजक भने सोही प्रदेशका पार्टी सभापतिलाई तोकिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्