७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एन्फा महिला लिग फुटबल : आर्मी र वालिङ भिड्ने


0
Shares

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्नेछन् । प्रतियोगितामा दुवै टोलीको यो तेस्रो खेल हो ।

एक जित र एक बराबरीका साथ चार अंक जोडेको आर्मी क्लब आजको खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । लगातार दुई खेल हारेको वालिङ पनि आजको खेल जित्दै अंकको खाता खोल्न चाहन्छ ।

महिला लिग फुटबलमा मंगलबार नेपाल पुलिस क्लबले बागमती युथ क्लबलाई २–० ले हरायो । पुलिसलाई जित दिलाउन निरु थापा र पूजा रानाले एक एक गोल गरे । जितसँग तीन खेलमा सात अंक जोडेको पुलिस तालिकाको शीर्षस्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित बागमती अंकविहीन छ ।