
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा तीन राजनीतिक दलका नेताहरुबीच भेट भएको हो ।
भेटमा राप्रपाले पृथ्वी जयन्तीको अवसरमा जलपान समारोह आयोजना गर्ने सोही विषयमा निमन्त्रणा गर्न आएको राप्रपा अध्यक्ष लिङ्देनले बताउनुभयो । उहाँले भेटमा समसामयिक राजनीतिक विषयमा पनि केही छलफल भएको बताउनुभयो । देश बनाउनका लागि संविधान परिवर्तन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले दुई राजनीतिक दलले संविधान परिवर्तनको एजेण्डा लिएर सरकार बनाएको भएपनि पूरा नगरेको बताउनुभयो । अहिलेको नेतृत्व र व्यवस्था परिवर्तन जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्