२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


गोरखामा पनि मनाइयो राष्ट्रिय एकता दिवस


0
Shares

गोरखा । गोरखामा विविध कार्यक्रम गरी ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

शनिबार गोरखा नगरपालिका र जिल्ला प्रशासन कार्यालय गोरखाको संयुक्त आयोजनमा गरिएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले ठुलो आँगनस्थित पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्नुभयो । सोहीक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा राष्ट्र निर्माता सलामी दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, उपमेयर मसाली मायाँ थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै राष्ट्रिय एकता दिवसको अवसर पारेर राप्रपा नेपाल जिल्ला कार्यसमितिले प्रभातफेरिको आयोजना ग¥यो ।

गोरखाको हरमटारी चोकबाट निकालिएको बाजागाजा सहितको प्रभातफेरी कालीकाटी, बिसौनीमोड बसपार्क हुँदै गोरखा संग्रहालय भित्र पुगेर कार्यक्रममा परिणत भएको थियो ।