२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने


988
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रुास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले लामिछाने जिल्ला अदालतमा हाजिर हुन लागेका हुन् ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएपनि समय अभावका कारण लामिछाने काठमाडौं जिल्ला अदालतमा हाजिर हुन नसकेपछि आज मात्र उपस्थित हुन लागेको हो । काठमाडौको कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ ।

यसैगरि रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रक्रिया शुरु भएको छ ।