
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा आज थुनछेक बहस हुने भएको छ ।
गत सोमबार काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज थुनछेक बहस हुन लागको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भइरहेको थुनछेक बहस नसकिएपछि आजलाई सारिएको थियो । उक्त प्रकरणमा सरकारी वकिल तर्फको बहस सकिएपछि लामिछाने तर्फका कानून व्यवसायीहरुले प्रतिरक्षा बहस शुरु गरेकोमा उनीहरुको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।
बहसमा सहभागी ११ जना सरकारी वकिलहरुले लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका थिए । तीन वर्षभन्दा बढी सजाय हुन सक्ने कसुर भएकाले प्रतिवादीलाई थुनामै पठाउनु पर्ने उनीहरुले बताएका थिए ।
रविलाई गोरखा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको ५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्