
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा लामिछानेविरुद्ध भएको मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । उक्त दिन बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासतमा राख्ने आदेश दिएका थिए ।
सोमबार थुनछेक बहस भए पनि उक्त दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिए । गत सोमबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज थुनछेक बहस हुन लागको हो ।
रविलाई गोरखा मिडियामार्फत स्वर्णलक्ष्मी सहकारीको बचतकर्ताको ५ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।
यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटीमा गत पुस २६ गते लामिछाने रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्