८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री ओली


468
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बतउनुभयो । उहाँले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।