८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भूकम्पपछिको पुनर्निर्माण नमूना पुनर्निर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भयौं : प्रधानमन्त्री ओली


403
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पीय असरको सामना असाधारण ढंगले गरेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको भूकम्पपछिको पुनर्निर्माण नमूना पुर्ननिर्माणको रुपमा विश्वमै स्थापित गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले २०७२ सालको भूकम्पपछि साढे आठ लाख घरहरु पुनर्निर्माण गर्नेगरी स्थानीयलाई हस्तान्तरण गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएका सबैजसो ऐतिहासिक संरचनाहरुको पुनर्निर्माण गरिसकेको बताउनुभयो । उहाँले भूकम्पलाई रोक्न नसकेपनि त्यसको असर कम गर्न प्रतिरोधी भौतिक संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।

भूकम्पको जोखिम न्युनिकरण र भूकम्पपछिको पुनर्निर्माणमा सरकार निरन्तर काम गरिरहेको उहाँको भनाइ छ ।