८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री ओली


1.625k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताउनुभएको छ ।

नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारमा रहेका दलका शीर्ष नेता, विज्ञ र सरोकारहरुसँगको सघन छलफलपछि सुशासन र विकासका लागि तत्काल अध्यादेशमार्फत कानून संशोधन गर्न जरुरी भएकाले अध्यादेशहरु ल्याइएको बताउनुभयो । उहाँले बाहिर हल्ला र अफवाह फैल्याए जस्तो असहमतिमा अध्यादेश जारी नभएको दाबी गर्नुभयो । उहाँले सरकारले ल्याएको अध्यादेश सावधानी र मेहनताका साथ अध्यादेश सिफारिस भएर राष्ट्रपतिबाट जारी भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शिर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझाव समेतका आधारमा अध्यादेश ल्याइएको जिकिर गर्नुभयो । उहाँले सरकारले अन्य विधेयकको तयारी गरेर संसद खोल्ने बित्तिकै अध्यादेस पेश गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले यथोचित समयमा नै संसद बैठक आवाहन गर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार काम गर्नको लागि बनेको भन्दै जनता र सुशासनको पक्षमा बलियो रुपमा काम गर्ने बताउनुभयो । उहाँले सरकारले मुलुकमा सुशासन र समृद्ध नेपाल नबनेसम्म बिहान, बेलुका र दिँउसो जुनसुकै समयमा पनि काम गर्ने बताउनुभयो ।