११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : ट्राफिक प्रहरी प्रमुख


8.619k
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्नुभयो ।

प्रमुख घिमिरेले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख घिमिरले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको उल्लेख गर्नुभयो ।

प्रमुख घिमिरेले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागि रहेको बताउनुभयो ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गर्नुभयो । उहाँले २१ लाख मोटरसाइलक मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजी सवारी साधनको मात्रा वृद्धि भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले विचौलियाहरुसँगको समन्वयमा सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाई दिने काम गरिरहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाएर विद्युतीय लगायत निजी सवारी साधनलाई प्रोत्साहन गर्ने काम भइरहेको दाबी गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले अन्तर्राष्ट्रिय मुलुकको जस्तो सार्वजनिक यातायात खोज्ने तर पूर्वाधार निर्माण नबनाई दिनु राज्यको कमजोरी भएको बताउनुभयो । यातायात क्षेत्रलाई सुधार गर्नको लागि सार्वजनिक यातायातको लागि छुट्टै लेनको व्यवस्था गरे मात्रै पनि पठाओ,इन्ड्राइभ सबै हराउने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले निजी सवारी साधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनलाई यातायात व्यवसाहीहरुले स्वागत गरे पनि राज्यले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।