
काठमाडौं । रुपन्देहीको एक इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा काम गर्ने एक मजदुरको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको हो । उद्योग परिसरको छाप्रोमा परिवारसहित बसिरहेका केवटलाई उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गरेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । कृष्णलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्